• Home
  • Blogger
  • Features
  • _Featured Posts
  • _Post Layouts
  • __Left Sidebar
  • __Full Width
  • __Right Sidebar
  • _Contact Page
  • _Error Page
  • _Simple Page
  • Tipography
  • Shortcodes

हाम्रो शिक्षा स्वास्थ्य र समाजको अपरिहार्यता

  • Home
  • Features
  • _Featured Posts
  • _Post Layouts
  • __Left Sidebar
  • __Full Width
  • __Right Sidebar
  • _Contact Page
  • _Error Page
  • _Simple Page
  • Blogger
  • Tipography
  • Shortcodes

नोबेल मेडिकल कलेजमै संक्रमित नर्सले बेड पाइनन्

byPrakash Banjara -Tuesday, August 25, 2020


लाविराटनगर–१ पोखरिया निवासी २३ वर्षीया युवती पेशाले स्टाफ नर्स हुन् । नोबेल मेडिकल कलेजमा तीनवर्ष अध्ययन सकाएर बाँकी तीनवर्ष नर्सिङ पेशा अंगालेकी उनमा चारदिन अगाडी कोरोना भाईरस (कोभिड–१९) संक्रमण पोजेटिभ पुष्टि भयो । त्यसपछि उनी आफ्नै घरमा ‘आईसोलेशन’ जीवन बिताईरहेकी छिन लामो समय काम गरेर राजीनामा दिएको चारदिनपछि कोरोना संक्रमित भएँ तर नोबेल मेडिकल कलेज प्रशासन मेरा लागि उदार बन्न सकेन, उनले भनिन्–अस्पतालको आईसोलेशनमा एउटा शैया मेरा लागि उपलब्ध भएन ।

शरीरमा लक्षण नदेखिएपनि संक्रमित बनेपछि घरमा बस्नका लागि उनले अनिच्छा व्यक्त गरेकी थिइन् । आफ्नै घरका अन्य सदस्यमा संक्रमण नसरोस् र घर भित्रको वातावरण समेत सहज नभएका कारण उनले यस्तो ईच्छा राखेकी थिइन् । नोबेल मेडिकल कलेज  प्रशासनसँग हजारौं बिन्ति बिसाउँदा समेत बस्न नदिदाँ पीडित बन्नु परेको उनले गुनासो गरिन् ।

नोबेल प्रशासनले अस्पताल भित्रका कर्मचारी, चिकित्सक तथा स्टाफ नर्स संक्रमित भएको अवस्थामा ५६ शैयाको आईसोलेशन वार्ड तयार गरेको छ । त्यसमध्ये ३५ शैया खाली हुँदा समेत स्वास्थ्यकर्मीकै आग्रहलाई अस्वीकार गरिएको हो । हुन त म लक्षणबिहीन छु तर मेरो घरको बाध्यताले गर्दा मैले नोबेलमा आईसोलेशन बस्न चाहेको हुँ, उनले भनिन्–मेरो कुरा त्यहाँ नबुझ्दा दुःख लागेको छ । उनले प्रशासनका सबैसँग आग्रह गरेको र त्यति मात्रै नभएर अध्यक्ष शर्मालाई समेत फोन गरेको दावी गरिन् ।

कोरोना संक्रमित र संक्रमितको उपचारका लागि खटिने स्वास्थ्यकर्मी तथा चिकित्सकलाई सर्वसाधारणले दुव्र्यवहार गरेका घटना सार्वजानिक भईरहेका छन् । यस्ता घटना सर्वसाधारण नागरिकको तहबाट भएको अवस्थामा सचेततापूर्वक सर्वत्र विरोध गर्दै चिकित्सक र स्वास्थ्यकर्मीको पक्षका आवाज बुलन्द हुने गरेका छन् । मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमै तीनवर्षसम्म कार्यरत रहि चारदिन अगाडी मात्रै राजीनामा गरेकी स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनबाटै गरिएको अस्वीकारको घटना समाजका लागि सन्देशमूलक भने हुन सकेको देखिदैन ।

अस्पतालका निर्देशक डा.राजेश नेपालले सरकारको मापदण्ड अनुसार नै उनी घरमा बस्नुपर्ने बताउनुभयो । लक्षण नदेखिएका नोबेलकै संक्रमितमध्ये नौजना कर्मचारीहरु समेत होम आईसोलेशनमा रहेको निर्देशक नेपालले जानकारी दिनुभयो । यो घटनालाई किन ‘इस्यू बनाईदैछ, निर्देशक नेपालले भन्नुभयो–सरकारको संक्रमित उपचार निर्देशिका अनुसार नै लक्षणबिहीन संक्रमित घरमा बस्नुपर्छ ।

नोबेल मेडिकल कलेजले पीसीआर मेशिन खरिद गरेर जडान गर्ने तयारी गरिरहेको छ । केहिदिनमै परीक्षण प्रारम्भ गर्ने नोबेल मेडिकल कलेजले अहिलेसम्म सर्वसाधारण नागरिक संक्रमित भएको अवस्थामा राख्ने छुट्टै आईसोलेशन वार्डको निर्माण समेत गरेको छैन । उहाँका अनुसार अस्पतालमै कार्यरत र लक्षणसहितका संक्रमित मात्रै राख्ने स्पष्ट नीति अस्पताल प्रशासनले लिइएको छ । नोबेलले आम नागरिकका लागि आईसोलेशन बनाउने प्रक्रियासमेत बढाएको छैन । निर्देशक नेपालका अनुसार सरकारले निर्देशन पनि त्यस्तो छैन ।

 


 



  • Share on

Post a Comment

Post a Comment

काठमाण्डौले ठगेका सपनाहरु

अब झुम्कामै स्नातक पढाई

अब मुलुकभरका सबै अस्पताल कोभिड अस्पताल

अब झुम्कामै स्नातक पढाई

-Wednesday, August 26, 2020

Most Popular

काठमाण्डौले ठगेका सपनाहरु

अब झुम्कामै स्नातक पढाई

अब मुलुकभरका सबै अस्पताल कोभिड अस्पताल

Search This Blog

  • August 2020(6)
Powered by Blogger

Report Abuse

About Me

My photo
Prakash Banjara
Ramdhuni -05 Jhumka Sunsari, Provice 1, Nepal
View my complete profile

शिक्षा, स्वास्थ र समाजको मानचित्र

  • Home
  • my blog

Followers

Link List

  • Home
  • About
  • Privacy
  • Contact Us
Design by Blogger Templates

Contact Form