बिहानैको लालित्यमय घामको ज्योतिले गरेको कडा स्पस्रले उसको तन्द्रा भङ गरिदिन्छ ।केहिहिबेर बिछ्यौनामा छट्पटाएपछि आङतन्काउदै उठ्छ र ब्रस खोज्न खोपितिर लम्कन्छ नित्य कर्म सिद्दाएर घरको यताउति नजर डुलाँउछ । । उ सुत्ने कोठा छिन्न भिन्न भएको पाउँछ । हिजो नमातुन्जेल त्यहिँ भएका सामानहरु साविककै ठाउँमा हुदैनन् । टि भि अझै झ्यार झयार् गरिरहेको छ । प्राय सामानहरु लथालिङ भएका छन् कोठामा । रात अबेर सम्म खाना खान कर गरिरहेकी श्रीमतिले एक थान भातको साथमा मिठा मिठा परिकारहरु बनाएर ल्याएकी थिइ त्यो थाल पनि जुठो छरिएर रित्तो मात्र भेटाउँछ ।अमिलो मनको भारी बोकेर भान्छा कोठा तिर लम्कन्छ त्यहाँ पनि बेलुका पकाएको खाना ज्यूको तिउँ भएको पाउँछ । आमालाइ सुरू मा गाली गर्दा आएको चर्को आवाजमा पनि च्याँ च्याँ रुने भुन्टे पनि एका विहानै देखि घरमा छैन । उसको मनमा आज कता कता कालो बादलले डेरा गरेको छ । घरमा अभिभावकत्व निभाउन नसकेकोमा उसलाइ भित्रैबाट ग्लानी भइराखेको छ । घाँस दाउरा जाँदा पिरति गाँसेर ल्याएकी आफ्नीले विवाह पछि मिठो माया पाउन सकेकी छैन । त्यहिँ आफनीलाइ मिठो माया दिन केहि सम्पति कमाउन विदेशिने रहर गर्दा गर्दा आफुसँग भएको थोरै पैसा पनि सबै काठमाण्डौले सिद्धाइसक्यो । अरवबाट अरबौ कमाउने सपना सिद्धिएजस्तो भा को छ । भुन्टेसँगका दौँतरीहरु चीटिक्क दोकाधेँ झोला टाइ र सुटमा बोर्डिङ तिर धाउँदा उसको मन कटक्क खान्छ । चाँडै केहि पैसा बटुलेर अरब हानिने सोच थाती नै छ तर पनि एजेन्ट भनाउँदा दाइहरुले ढिलै भएपनि के भयो त राम्रै ठाउँमा जालास भन्दै आस्वासनका मिठा मिठा मिठाइबाहेक केहि दिन सकेका छैनन। यसो सानो तिनो काम खोजेर यतै बस भन्थे त्यो फोहोरी काठमाण्डौको छातिमा कसरी बस्न सक्थ्यो र फर्कियो आफ्नै गाउँतिर । पैसा नभएको बेलामा सुटुक्क फेरी दशैँ आएछ ।सबैका घरमा झिलिमिलि भएछ । उसको गर्जो टार्ने चिन्तै चिन्ता । सबैको श्रीमतीहरु रातो सारीमा सजिँदा उसलाइ कता कता लज्जाबोध हुन्छ । उसले आफ्नि लाइ त्यहि फाटेको सारीमा चित्त बुझाउन आग्रह गर्छ ।
असरल्ल घरको चिन्तामा डुव्दा डुव्दै घाँसको भारी बोकेर आफ्नी आइपुग्छे । साथिसँग खेल्न गएको भुन्टेपनि धुलो मैलो भएर आइपुग्छ । उसले आफ्नो हिजोको गल्ति स्विकार्दै माफिको आशा गर्छ । उसकिले पनि दुइथोपा खुसिको आशुँ झार्दै माफि भएको साउति गर्छे । दु खि मनका सुखि कुरा गर्दै दुबै भाग्यलाइ सराप्छन् । भोली पटक फेरी भाग्य सपार्न एजेन्टदाइलाइ फकाउन भालेको डाकसँगै लाग्छ काठमाण्डौको छातितिर ॥

Post a Comment
Post a Comment